दुई वर्षपछि हलेसीमा रामनवमी मेला, दर्शनार्थीको बिहानैदेखि बाक्लो भिड « Khabarhub

दुई वर्षपछि हलेसीमा रामनवमी मेला, दर्शनार्थीको बिहानैदेखि बाक्लो भिड


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानैदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो । कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७ सालमा रामनवमी मेला रोकिएको थियो । बिहान झिसमिसदेखि हलेसीमा महादेवस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ ।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा मेला भर्न र दर्शन गर्न स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समय सडकको सहज पहुँचका कारण दर्शनार्थी रिजर्भ गाडीमा आउने र दर्शन गरेलगत्तै फर्कने गरेका कारण हलेसीमा भिडभाड भने तुलनात्मक रुपमा कम देखिन थालेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

‘पहिला सडक बनेको थिएन । दर्शनार्थी पैदल हिँडेर हलेसी आउन पर्थ्यो, खाना बनाएर खान पर्थ्यो, बिश्राम गर्न पर्थ्यो, अहिले गाडीमा आएर दर्शन गरेर फर्किने गरेका छन्,’ प्रमुख राईले भने, ‘त्यही कारण हलेसीमा पहिलाको तुलनामा दर्शनार्थीको चाप कम देखिन्छ । दर्शनार्थी आइरहनु भएको छ । तर, दर्शन गरेर फर्किहाल्ने गरेका कारण भिडभाड कम देखिन्छ । दर्शनार्थी आउने क्रम घटेको होइन ।’

हलेसीमा रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । हलेसीमा दर्शन गर्न र मेला भर्न आएका दर्शनार्थीका कारण त्रिपालले ढाकिएका अस्थायी टहरामा राखिएका पशल तथा होटल भरिभराउ भएका छन् । जिल्ला तथा जिल्ला बाहिरका व्यापारी आउने भएकाले हलेसीमा लाग्ने मेला आर्थिक विनिमयको केन्द्रका रूपमा स्थापित छ ।

रामनवमीको अवशरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटानलगायतका देशबाट दर्शनार्थीहरू हलेसी आउने गरेका छन् । भिडका कारण हलेसीका साना तथा ठूला होटल व्यस्त छन् ।

हलेसी पुग्ने सहज बाटो बनेपछि काठमाडौँ, बिराटनगर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, मञ्जुश्री गुफा, गर्दुम गुफा, भैरव गुफा, दुंदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरू हलेसी आउने गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : १३ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक