पत्रकार धमलालाई प्रेस काउन्सिलमै बोलाइयो, स्पष्टीकरण सन्तोषजनक नभएको ठहर « Khabarhub

पत्रकार धमलालाई प्रेस काउन्सिलमै बोलाइयो, स्पष्टीकरण सन्तोषजनक नभएको ठहर


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरणका लागि बोलाएको छ । प्रेस काउन्सिल नेपालको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो। 

धमलाले यसअघि बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उनलाई  बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले खबरहबलाई बताए। उनका अनुसार सोमबार १२ बजे बयानका लागि बोलाइएको हो । 

धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन् । चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा काठमाडौँ उत्रिएपछि जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ५२ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न