विस्केट जात्रा सुरु हुँदै | Khabarhub Khabarhub

विस्केट जात्रा सुरु हुँदै


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ ।

No description available.

नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थि पाँचतले मन्दिर अगाडिबाट नकिङ्जु अजिमाको रथलाई घट्खामा पुर्‍याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

No description available.

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ ।

No description available.

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

No description available.

जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ,। बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ ।

बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारिस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ ।

नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्ने पूरा तयारी भइसकेको भक्तपुरका महानगरीय प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जात्राका लागि ९५० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी परिचालन गरिने छ । आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारीसहित जात्रामा उच्श्रृृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ३३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार

आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार

‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ

काठमाडौं – चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा आज भएको दुर्घटनामा

छठका लागि झकिझकाउ नदी र पोखरी

भक्तपुर – सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने