नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण « Khabarhub

नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिशन सामाग्रीहरू प्रदान गरेको छ ।

आइतबार सैनिक मुख्यालयमा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललाई इन्सास राईफल पाँच सय नाल र एलएसडब्लु ९० नाल र सोको एम्युनिशन सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

 

सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन प्रयोजनका लागि सरकारको निर्णयअनुसार हतियारहरू हस्तान्तरण गरिएको हो ।

No description available.

मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सहयोगस्वरूप इन्सास राइफल ९ हजार र एलएसडब्लु १ हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ । बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिँदै लगिने सैनिक प्रवक्ता नारायण सिल्वालले जानकारी दिए ।

No description available.

यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायहरूबीचको सम्बन्धसमेत थप बलियो हुने सेनाले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ३० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व