फुटसलमा नेपाल उज्बेकिस्तानसँग पराजित « Khabarhub

फुटसलमा नेपाल उज्बेकिस्तानसँग पराजित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा उज्बेकिस्तानसँग पराजित भएको छ ।

किर्गिजस्तानको राजधानी बिस्खेकमा आइतबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।

उज्वेकिस्तानको जितमा रोपिभ इख्तियारले २ तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एलमुरोदोभ एब्बोसले समान १ गोल गरे । नेपालका लागि मणि लामाले १ गोल गर्न सफल भए ।

नेपालका लागि मणिले खेलको २८ औँ मिनेटमा गोल गरेका हुन् । छनोटमा नेपाल उज्बेकिस्तान, अफगानिस्तान र ताजिकिस्तानसँगै सेन्ट्रल एण्ड साउथ जोनको समुह बीमा छ ।

छनोटअन्तर्गत सोमबार नेपाल र ताजिकिस्तान आमने सामने हुनेछन् । छनोटको अन्तिम खेलमा भने नेपाल र अफगानिस्तान चैत्र २९ गते भिड्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : २३ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको