सीमित राजनीतिक दलले देशलाई बन्धक बनाए : लिङ्देन « Khabarhub

सीमित राजनीतिक दलले देशलाई बन्धक बनाए : लिङ्देन


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभामा लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन् ।

उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए ।

‘पटक पटकको आन्दोलन तथा झुटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’ उनले भने, ‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन् ।’

सीमित नेताहरूले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनले आरोप लगाए । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुखदायी भएको बताए ।

अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता पनि खुसी छैनन्,’ उनले भने, ‘भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ ।’ विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गरिएको उनको आरोप छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ५८ बजे

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो