विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो आइसीसीआर स्थापना दिवस « Khabarhub

विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो आइसीसीआर स्थापना दिवस


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको छ। २६ चैत्रमा काठमाडौँको नक्सालस्थित होटल मेरियटमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।

आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कांग्रेस नेता डा‍‍ शशांक कोइराला, अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु काठमाडौँविश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत श्री निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाए । बहुचर्चित अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु सबैसँग साटिन्।

विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र