मतगणनास्थलमा सीसीटीभी जडान « Khabarhub

मतगणनास्थलमा सीसीटीभी जडान


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो ।

निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेकाे मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा पाँच वटा गाउँपालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।

जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ४० बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा