जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने « Khabarhub

जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगी सक्नेछन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ हिँडिसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी पिन मतदान स्थलतिर निस्केका छन्  ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सबै टोली निर्धारित स्थलतर्फ लागि सकेको र तिलाको ताम्ती क्षेत्रमा पनि टोली जाने तयारी भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाको सबै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरिएको छ । कनकासुन्दरीको टोली मतदान सामग्री बुझेर पनि मतदान केन्द्रतिर लागि सकेको छ । सबै  पालिकाका मतदान अधिकृतहरूको टोली सबै सामग्री बुझेर मंगलबारै सम्बन्धित ठाउँमा पुग्ने छन् ।

जुम्लामा एक सय मतदान केन्द्रमा दुई सय चार जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित चार सय ९६ कर्मचारी खटिएका छन् । यस्तै, एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ०४ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका