जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने | Khabarhub Khabarhub

जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगी सक्नेछन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ हिँडिसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी पिन मतदान स्थलतिर निस्केका छन्  ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सबै टोली निर्धारित स्थलतर्फ लागि सकेको र तिलाको ताम्ती क्षेत्रमा पनि टोली जाने तयारी भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाको सबै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरिएको छ । कनकासुन्दरीको टोली मतदान सामग्री बुझेर पनि मतदान केन्द्रतिर लागि सकेको छ । सबै  पालिकाका मतदान अधिकृतहरूको टोली सबै सामग्री बुझेर मंगलबारै सम्बन्धित ठाउँमा पुग्ने छन् ।

जुम्लामा एक सय मतदान केन्द्रमा दुई सय चार जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित चार सय ९६ कर्मचारी खटिएका छन् । यस्तै, एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ०४ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित