राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित) « Khabarhub

राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित)


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्रुद्ध भीडले सत्तारूढ राजापाक्षे परिवार र केही सांसदहरूको घरमा आगो लगाइदिएका छन् ।

बीबीसीका अनुसार सरकार समर्थक प्रदर्शनकारीसँग झडप भएपछि सरकार विरोधी प्रदर्शनकारीले राजपाक्षे परिवार र केही सांसदहरूको स्वामित्वमा रहेको घरमा आगजनी गरेका हुन्  ।

प्रदर्शनकारीले दक्षिणी श्रीलंकाको हम्बनटोटामा हाल संग्रहालय बनाइएको राजपाक्षे परिवारको पुर्ख्यौली घरमा आगो लगाइदिएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा घर जलिरहेको देखिन्छ भने प्रदर्शनकारीहरू खुशियाली मनाइरहेको सुनिन्छ ।

मुलुकमा जारी चरम आर्थिक संकट र यसबाट सिर्जित अत्यावश्यक वस्तुको अभावको समाधान गर्न असफल भएपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएपनि श्रीलंकामा हिंसा रोकिएको छैन । उनले राजीनामा दिने क्रममा उनी भित्रै रहेको बेला प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा आक्रमणको प्रयास गरेका थिए  ।

हिंसात्मक प्रदर्शनका कारण सोमबार यतिमात्र ७ जनाको मृत्यु भइसकेको छ भने अरु १९० जना घाइते भएको बीबीसीले जनाएको छ । त्यहाँ बुधबारसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । त्यसअघि सोमबार सरकार समर्थक प्रदर्शनकारी र सरकार विरोधी प्रदर्शनकारीको समुहबीच शुरुमा प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ र पछि सरकार विरोधी प्रदर्शनकारीले डेरा जमाएको गल्ले फेस ग्रिनमा झडप भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बीबीसीले जनाएको छ ।

त्यसपछि क्रुद्ध बनेको सरकार विरोधी प्रदर्शनकारीको भीडले एकजना सांसद चढेको कारलाई घेराउ गरेपछि उनको शव फेला परेको थियो । दुई प्रदर्शनकारीलाई गोली हानी सत्तारूढ दलका सांसद अमराकीर्ति अथुकोराला घेराउबाट भाग्न सफल भएको र पछि उनले आत्महत्या गरेको जनाइएको छ ।

रात ढल्दै गएपनि हिंसा नरोकिएको र प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी र ढुंगा मुढा गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ४२ बजे

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार