मकवानपुरमा निर्वाचनको तयारी पूरा « Khabarhub

मकवानपुरमा निर्वाचनको तयारी पूरा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्लाको दशवटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा कर्मचारीहरू खटिएका छन् । जिल्लामा एक सय दुईवटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन सम्पन्न गराउन जिल्लाभरि एक हजार आठ सय कर्मचारीहरू खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थलहरूमा मंगलबारबाट निर्वाचन अधिकृतसहितका कर्मचारीहरू खटिँदैछन् भने विकट गाउँपालिकाका मतदान केन्द्रमा भने सोमबार नै मतदान अधिकृतहरु खटिइसकेका छन् ।

मंगलबार बेलुकासम्म कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिकाअनुसार काम गर्न थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । मकवानपुर जिल्लामा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता रहेका छन् ।

स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा तीन हजार दुई सय सुरक्षाकर्मी खटिँदैछन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार चार सय ७३ जना म्यादी प्रहरी, पाँच सय जना नेपाली सेना, चार सय जना सशस्त्र प्रहरी, नौ सय जना नेपाल प्रहरी खटाइने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

मतदान केन्द्रभित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिर सेना खटाइने उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ