रसुवामा स्थानीय तह निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए « Khabarhub

रसुवामा स्थानीय तह निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् । 

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । 

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ०६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको