एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर « Khabarhub

 एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई मध्यनजर गर्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

उक्त अफरमा ग्राहाकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबी देखी १०० एमबी डेटा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

 यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ ।  जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पठाउँनेछन् । 


५० देखी ९९ रिचार्ज गर्ने ग्राहकहरूले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । १०० देखी १९९ सम्मको रिचार्जमा ३ पदन समय सिमा भएको २०० एमबी डेटा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी २०० वा सो भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूले ५०० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । 


नया बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै : कम्बोप्याक, गज्जबको दैनिक जीवी प्याक र अल नेट भोइसप्याक लाई सुलभ दरमा डेटा र भोइस सेवामा पहुँच सुनिश्चित गरेको छ । 

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बोप्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १००मिनेट अल नेट टकटाइम पाइन्छ । यस मा पाइने टकटाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ह्यास डायल गरि सजिलै लिन सकिने कम्पनीले जनाएको छ । 

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र ९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्ने छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्सएष्ट्रिक्सह्यास डायल गरि यो भ्वाइस प्याक लिन पाउने छन् ।

दैनिकरूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ। यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम सक्ने छन् ।


एष्ट्रिक्स १७१२३ एष्ट्रिक्सह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको