छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

दाङको गढवा गाउँपालिका–७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१–०२७ च ००७७ नम्बरको स्कारपियो र रा.६ प ७३७९ नम्बरको मोटरसाइकल सोमबार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गढवा गाउँपालिका–६ सिबिर बस्ने २३ वर्षीय सुरज चौधरी र मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ आटिपाकर बस्ने २० वर्षीय अरूण चौधरी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रेको तेमाल गाउँपालिका–८ भोरज्याङबेशीस्थित सडकमा बा.३ ख २६४३ नम्बरको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार चौरिदेराली गाउँपालिका बस्ने १६ वर्षीय कोसुबिक्षा तामाङ रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सडकमा प्रदेश २–०३–००९ प ७८६४ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०३–००१ ख ०१४५ नम्बरको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवन नगरपालिका–४ बस्ने ४५ वर्षीय राम बहादुर थापा रहेका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ज.१ ह ४८८३ नम्बरको टेम्पु सोमबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–१ बस्ने आशा देवी साहकी छोरी ८ वर्षीया जुली कुमारी साह रहेकी छन् । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपरास्थित सडकमा को.३ त ६३ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–८ बस्ने १७ वर्षीय तप्रेज मिया रहेका छन् । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया मनमाया पाख्रिन रहेकी छन् । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ३७ बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत