श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे नौसेनाको शरणमा « Khabarhub

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे नौसेनाको शरणमा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनकारीले सरकारी निवासमा आक्रमण गरेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे भागेर नैसेनाको शरणमा पुगेका छन् ।

राजपाक्षे र उनको परिवारका सदस्यहरु श्रीलंकाको उत्तरपूर्वी शहर ट्रिङ्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारमात्र उनले राजीनामा दिएका थिए ।

सरकार समर्थक प्रदर्शनकारीको समूहसँग झडप भएपछि आक्रोशित बनेका सरकार विरोधी प्रदर्शनकारीले रातभर हिंसात्मक प्रदर्शनलाई निरन्तरता दिएसँगै निवर्तमान प्रधानमन्त्री राजपाक्षे भागेर नौसेनाको आधारमा पुगेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीले जनाएको छ ।

राजपाक्षे र उनका परिवारलाई हेलिकोप्टरमार्फत राजधानी कोलम्बोबाट २७० किलोमिटर टाढा रहेको नौसैनिक आधार पुर्‍याइएको हो ।

राजपाक्षे त्यहाँ रहेको थाहा पाएर आधार बाहिर पनि प्रदर्शनकारीले प्रदर्शन चर्काएको बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ४७ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको