मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र « Khabarhub

मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारीले तीव्रता पाएको छ । युनेस्कोको निमन्त्रणामा २५ सय ६६ औं बुद्ध पूर्णिमाको अवसरमा आगामी सोमबार मोदीले लुम्बिनीको भ्रमण गर्न लागेका हुन् ।

सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । हाल लुम्बिनीमा चारवटा हेलिप्याड निर्माणको क्रममा रहेका छन् ।

समाचारमा जनाइएअनुसार कुशीनगरबाट प्रधानमन्त्री मोदीले हेलिकोप्टर मार्फत लुम्बिनीमा अवतरण गर्नेछन् ।

मोदीको लुम्बिनी भ्रमणका समयमा आगामी सोमबार प्रधानमन्त्री शेर बहादुर देउवाले पनि लुम्बिनीको भ्रमण गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

दुई नेताले मायादेवी मन्दिरमा प्रार्थना गर्ने र भारत सरकारले निर्माण गर्न लागेको बौद्ध गुम्बाको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको भारतीय समाचार संस्था आईएएनएसले जनाएको छ ।

भारत सरकारले उक्त गुम्बा निर्माणका लागि १ अर्ब भारु खर्चिएको पनि आइएएनएसले जनाएको छ । यस्तै, दुई नेताले केही समय छलफल गरेर बौद्धमार्गीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ । लुम्बिनीमा ५ घण्टा बिताएर मोदी कुशीनगर फर्किनेछन् ।

नेपाल भ्रमणका क्रममा यसअघि नरेन्द्र मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरिसकेका छन् । मोदीको लुम्बिनी भ्रमणको तयारीस्वरूप भारतीय तथा नेपाली अधिकारीहरुले लुम्बिनीको भ्रमण गरिरहेको जनाइएको छ ।

मोदीको यो पाचौँ नेपाल भ्रमण हो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ४७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर