त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सेवा वैशाख २८ र २९ गते बन्द हुने  « Khabarhub

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सेवा वैशाख २८ र २९ गते बन्द हुने 


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । 

कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ । 

‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरू बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ५२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा