यस्तो छ मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका « Khabarhub

यस्तो छ मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले तीव्रता पाएको छ । बुद्ध जयन्तीको अवसरमा आगामी सोमबार मोदीले लुम्बिनीको भ्रमण गर्न लागेका हुन् ।

मोदीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गर्ने भारतीय अखबार जागरणको अनलाइन संस्करणले जनाएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीलाई उद्धृत गर्दै जागरणले जनाएअनुसार मोदीले पाँच हजार अट्ने क्षमताको सभाहलमा बौद्ध मार्गीहरुलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

यसमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरुको समेत सहभागिता रहने जनाइएको छ । यसबाहेक मोदीले झण्डै एक एकड क्षेत्रफलमा निर्माण हुन लागेको भारती मठको पनि लोकार्पण गर्ने कार्यक्रम छ ।

मायादेवी मन्दिर र अखण्ड ज्योतिको दर्शन तथा सभालाई सम्बोधन गरेपछि मोदी कुशीनगर फर्किनेछन् । चार वर्षपछि मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । यसअघि उनी सन् २०१८ मा नेपाल आएका थिए ।

मोदीको भ्रमणलाई मध्यनजर गर्दै लुम्बिनी क्षेत्रमा चारवटा हेलिप्याडको निर्माण कार्यलाई पनि तीव्र पारिएको जागरणले उल्लेख गरेको छ । यसका साथै गौतम बुद्ध विमानस्थलमा पनि नेपाली सेनाका जवानहरुले तयारीलाई तीव्र पारेको बताइएको छ ।

मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई पनि मजबुत पारिएको छ । मोदीको भ्रमणका क्रममा सडकमा सुरक्षा जाँचलाई उच्च पारिने र हाल लुम्बिनीका होटेलमा रहेका संदिग्धहरुसँग सोधपुछको काम अघि बढाइएको छ ।

मोदीको भ्रमणको समयमा सर्वसाधारणका लागि लुम्बिनी दर्शनमा केही समय बन्देज समेत लगाइने तयारी भइरहेको छ ।

मोदी लुम्बिनी आएसँगै सर्वप्रथम मायादेवी मन्दिरमा दर्शन गर्नेछन् । त्यसपछि अशोक स्तम्भमा दीप प्रज्वलनको कार्यक्रम रहेको र त्यसपछि मोदीले भारतीय मठको लोकार्पणमा सहभागिता जनाउनेछन् ।

त्यसपछि मोदीले सभालाई सम्बोधन गर्नेछन् । मोदीले स्वदेश फर्किनुअघि प्रधानमन्त्री देउवासँग संयुक्त पत्रकार सम्मेलन समेत गर्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ५४ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा