जेठ २९ र ३० गते ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन हुने « Khabarhub

जेठ २९ र ३० गते ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन हुने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ ।

ट्रेड युनियन कांग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन अर्थात् जेठ २९ गते उद्घाटनसत्रमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका नेता डा शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाणलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको पहिलो दिन नै योगदानमा आधारित सामाजिक सुरक्षाबारे विषयगत सम्मेलन र श्रमिकको कार्यलयस्थलमा हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि, १९० बारे विषयगत सम्मेलन हुने कार्यक्रम रहेको छ ।

सम्मेलनको दोस्रो दिन बन्दसत्रको कार्यक्रम रहेको छ । बन्दसत्रमा बढ्दो महँगीका कारण श्रमिकमा परेको प्रभाव, नेपाल ट्रेड युनियन कांग्रेसको विधान संशोधनलगायतको बारेमा छलफल हुने प्रचारप्रसार समितिका संयोजक राईले बताउनुभयो । यस्तै, सम्मेलनले श्रमिकका जल्दोबल्दो वर्तमान समस्यालाई समाधान गर्ने बताइएको छ ।

ट्रेड युनियन कांग्रेसको विधानमा राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्ने प्रावधान भएपनि कोरोना महामारीका कारण उक्त सम्मेलन महाधिवेशन सम्पन्न भएको चार वर्षपछि हुन लागेको हो । महाधिवेशन हरेक चार वर्षमा हुने विधानमा उल्लेख छ ।

उक्त सम्मेलनले महाधिवेशनको नयाँ मिति तोक्ने कार्यक्रमसमेत रहेको उपाध्यक्ष राईले बताउनुभयो । ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ वटा श्रमिक सङ्घ, सङ्गठन आबद्ध रहेका छन् भने चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ५९ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी