धादिङमा पहिराले घर पुरिँदा एकजना वेपत्ता « Khabarhub

धादिङमा पहिराले घर पुरिँदा एकजना वेपत्ता


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् ।

घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए ।

रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।

ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल