मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइलकको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही गाउँठाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् ।

गए राति दुवै जना सवार भएर सिन्धुलीबाट सर्लाहीको लागि आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सूर्यको मृत्यु भएको छ भने निरज गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएकोमा सूर्यको उपचारको क्रममा मृत्यु भएको थियो । गम्भीर घाइते निरजको उपचार अझै पनि सोही अस्पतालमा भइरहेको छ भने सूर्यको शव पनि सोही अस्पतालमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ०८ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि