दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय « Khabarhub

दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्युदण्ड पाउनेमा बेलायती नागरिकहरु एइडेन अस्लिन र शन पिन्नर तथा मोरक्कन नागरिक ब्राहिम सादुओन रहेका छन् । उनीहरुलाई ‘भाडाका सैनिकको गतिविधि गरेको र सत्ता हत्याउने तथा डोनेत्स्क जनगणतन्त्रको संवैधानिक व्यवस्था विरुद्ध अपराध गरेको’ आभियोगमा दोषी ठहर गरिएको हो ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेपछि युक्रेनी फौजको समर्थन एवम् रुसी फौजविरुद्ध लडिरहेका बेला बेलायती नागरिकहरु पक्राउ परेको बताइएको छ । उनीहरुलाई गत अप्रिल महिनामा मारिउपोल सहरबाट पक्राउ गरिएको रोयटर्सले जनाएको छ । २८ वर्षे अस्लिन तथा ४८ वर्षे पिन्नरका परिवारले दिएका जानकारीअनुसार दुबै जना सन् २०१८ यता युक्रेनमा बसोबास गर्दै आएका थिए ।

त्यस्तै, मोरक्कन नागरिक सादुओनले गत मार्च महिनामा मारिउपोल सहर र डोनेत्स्क क्षेत्रको राजधानीबीच रहेको सानो सहरमा रुसी फौजसमक्ष आत्मसमर्पण गरेका थिए ।

उनीहरुका वकिलले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यता बेलायतले भने अदालतको यो फैलसालाई ‘छद्म न्याय’ भन्दै निन्दा गरेको छ । ‘म एइडन अस्लिन र शन पिन्नरलाई पूर्वी युक्रेनमा रुसी कठपुतलीले सुनाएको फैसलाको निन्दा गर्दछु ।’ बेलायती विदेशमन्त्री लिज ट्रसले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् । ‘उनीहरु युद्धबन्दीहरु हुन् । कुनै वैधानिकताबिनाको यो छद्म न्याय हो ।’ उनले लेखेकी छिन् ।

त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले पनि आफ्ना नागरिकलाई मृत्युदण्ड दिने रुस समर्थित पृथकतावादीको कदमको निन्दा गरेको रोयटर्सले जनाएको छ ।

आफ्ना नागरिकलाई पूर्वी युक्रेनका पृथकतावादीले मृत्युदण्डको सजाय सुनाएकोबारे मोरक्कोले भने कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : २५ बजे

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही