नजुरेको सहकार्य : दिलीप र निरूताले राजेशलाई गरेका थिए निर्देशक बन्ने अफर  « Khabarhub

नजुरेको सहकार्य : दिलीप र निरूताले राजेशलाई गरेका थिए निर्देशक बन्ने अफर 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मका दर्शकले रुचाएको जोडीमध्येको एक हो, दिलीप रायमाझी र निरूता सिंहको जोडी । दर्पणछाँया, लहना, बन्धकी लगायतका फिल्ममा यो जोडीले गरेको कामलाई दर्शकले रुचाए । ठूलो पर्दामा रुचाइएको जोडी बनेका दिलीप र निरूताले फिल्म निर्माणमा समेत सहकार्य गर्ने तयारी गरेका थिए । ‘मेरो एउटा साथी छ’ टेलिभिजन शो मा कुराकानी गर्दै अभिनेत्री निरूता सिंहले दिलिप र राजेश हमालसँग नजुरेको सहकार्यको विषयमा कुराकानी गरेकी छिन् । ‘हाम्रो जोडी पर्दामा दर्शकले रुचाइरहेका थिए, साथै हामी रियल लाइफमा पनि मिल्ने साथी थियौँ र छौँ’, निरूता भन्छिन्, ‘हामीले वर्कआउट पनि सँगै गर्थ्यौँ, मिल्ने साथी भएकाले धेरै कुराहरू एक आपसमा हुन्थ्यो ।’

त्यसै क्रममा फिल्म ‘बन्धकी’ को छायांकनको समयमा दिलीपले निरूतालाई फिल्म निर्माणको अफर गरेका थिए । ‘लेलेमा छायांकन भइरहेको समयमा मलाई उहाँले फिल्म निर्माण गर्न लागेको जानकारी गराउनुभयो । त्यहीँ कुराकानी फिल्ममा अभिनय गर्ने हुँदाहुँदै सट दिने बेलामा निर्माणमा पनि सहकार्य गर्नेसम्म पुग्यो’, निरूताले अन्तर्वार्ताको क्रममा भनिन् ।दिलीपले अफर गरेकाले उनले पनि सहमति जनाइन् । फिल्मनगरीका व्यस्त दुई कलाकारले फिल्म निर्माण गर्ने भएपछि निर्देशक पनि खास चाहिन्थ्यो ।

उक्त समयमा अभिनेता राजेश हमालले एक विज्ञापन निर्देशन गरेका थिए । त्यो देखेपछि यी दुईले अभिनेता हमाललाई निर्देशकको रूपमा अफर गरे । तुरुन्तै फोन गरेर फिल्म निर्देशनको प्रस्ताव गरेपछि अभिनेता हमालले भेट्न बोलाए । ‘राजेश दाइले मलाई निर्देशक बनाउने सोच कसरी आयो भनेर सोध्नुभयो । दिलीपजीले कन्भिन्स गरेपछि उहाँ तयार पनि हुनुभयो । ५ र६ महिना लाग्ने समयसँगै राजेश दाइले आफ्नो दायित्व बुझेपछि मात्र सहमति जनाउनुभयो’, निरूताले भनिन् ।

राजेशसँग फिल्म गर्ने सहमति भएपछि दिलीप एकाएक पछि हटे । ‘यता लेखनको काम भइरहेको थियो । म पनि आफ्नो काममा थिएँ । सबै काम हटाएर दिलीपजी भारत लाग्नुभयो’, निरूताले गुनासो गरिन् । दिलीपकै कारण फिल्म निर्माणमा सहकार्य नभएको उनको गुनासो थियो । दिलीपले सुनिल दत्त पाण्डेसँग फिल्म निर्माण गर्ने भएपछि नीरुतालाई अभिनेत्रीको रूपमा अफर गरे र कलाकारकै रूपमा सहकार्य भयो ।

‘मैले चाहेर सहकार्य नगरेको होइन । तर, त्यो समयमा खै के भयो त्यो प्रोजेक्टको कामलाई अगाडि बढाउनु सकिन’, दीलिपले भने । तत्कालीन समयमा सहकार्य नभएपछि पछिल्लो समय पुनः तयारी बढेको छ । नेपाली फिल्ममा क्लासिक मानिने फिल्म ‘दर्पणछायाँ’ लाई नयाँ स्वरूपमा तयार गर्ने दिलीप र निरुतासँग उत्तम प्रधान पनि अगाडि बढेका छन् । यी तीनलाई स्थापित गराउने फिल्मको रूपमा चिनिने दर्पणछायाँलाई ‘फेरि दर्पणछायाँ’ नाम दिइएर दर्शकमाझ ल्याउने तयारी केही समय अगाडिदेखि नै छ ।

यद्यपि फिल्मको नत घोषणा नै भएको छ , नत सुटिङमा निस्किने तयारी । आजभन्दा २१ वर्षअघि प्रदर्शन भएको ‘दर्पणछायाँ’ ले ऐतिहासिक सफलता पाएको थियो । यो फिल्मसँगै निरूता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको स्टारडम चुलीमा पुगेको थियो । नयाँ कथामा पनि यी तीनैको बुढेसकालको कथा देखाइने बताइएको छ । यद्यपि उत्तम प्रधान विदेश जाने चक्करमा रहेकाले यसको काम अगाडि बढ्न नसकेको बुझिएको छ । दर्पणछायाँको सिक्वेल १८ वर्षपछि तुलसी घिमिरेले नयाँ कलाकारलाई लिएर यसको शृंखला बनाएका थिए । पुष्प खड्का, सहारा शर्मा र श्रद्धा प्रसाईँको अभिनय रहेको यो फिल्म पहिलाको फिल्मको एकछेऊ पनि नभएको टिप्पणी भएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ३६ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा