पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने « Khabarhub

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो ।

बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यसअघि बैंक, होटल, रेस्टुरेन्ट र विभिन्न संघसंस्थाका शौचालयमा सर्वसाधारणले प्रयोग गर्ने गरी समन्वय मिलाउने निर्णय गरेको छ । त्यसका लागि दुई पक्षबीच सम्झौता गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाले तत्काल आपतकालीन सेवा सञ्चालनमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने निर्णय गरिएको हो । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान सुरु भइसकेको छ ।

तालचोक-बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको छ । करिब तीन किलोमिटर दूरीको सडकलाई चार लेनमा विस्तार गर्ने गरी विश्व बैंकले आर्थिक सहयोग गर्ने यसअघि नै सम्झौता गरिएको छ । पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि पनि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडाध्यक्षहरू दिवसमान प्रधानाङ्ग, राधिका शाही र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ सदस्य रहेको टोली गठन गरिएको र आउँदो बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको मेयर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ४९ बजे

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण