एमसीसी खारेज गर्नुपर्ने मागसहित विप्लवको विरोध प्रदर्शन « Khabarhub

एमसीसी खारेज गर्नुपर्ने मागसहित विप्लवको विरोध प्रदर्शन


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसीका नाममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै विप्लवले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो ।No description available.

प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल बिउ नपाएर तड्पीनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन् । विप्लवले जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को महङ्गी र भाडावृद्धि विरुद्ध असार ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ ।

No description available.

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : १९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल