ओ एस आर मुभिजमा ‘मालामाल’ « Khabarhub

ओ एस आर मुभिजमा ‘मालामाल’


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमेडी सिरियल ‘मालामाल’ अब दर्शकहरुले हेर्न पाउने भएका छन् ।

ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक विषय उठान गर्ने र हाँस्यव्यङ्ग्य शैलीमा प्रस्तुत हुने सिरियलले चाँडै नै दर्शकको मन जित्ने दाबी यसका परिकल्पनाकार तिलक कोइरालाको रहेको छ ।

यसमा अभिनय गर्ने कलाकारहरुमा राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइराला आदि रहेका छन् । त्यस्तै नेपालकै कान्छी स्ट्यान्डअप कमेडियन सुयशा खनालको पनि अभिनय रहने छ । दिलीप विष्टको छायाङ्कन रहेको यस सिरियलमा सङ्गीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दिप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको यस सिरियलका निर्देशक सन्तोष खनाल हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : १६ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर