सामाजिक सञ्जालमा नाबालिग र महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालमा नाबालिग र महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेकी छन् ।

अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको आरोपमा विकेशलाई धुलिखेल नगरपालिका–६ बाट बिहीबार र महिलाको तस्वीर दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा भोज कुमारीलाई आज प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ०७ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय