विराटनगर महानगरको बजेट सर्वसम्मत पारित « Khabarhub

विराटनगर महानगरको बजेट सर्वसम्मत पारित


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो ।

महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो । बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । त्यसैगरी बैठकले केही महत्वपूर्ण नीतिगत निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

सोही बैठकले उपप्रमुख कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपप्रमुख हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नं ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नं ९ का सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नं वडाका सदस्य मेनुका परियार र ९ नं वडाका सदस्य रियाज अहमदलाई सर्वसम्मतिले चयन गरेको बस्नेतले जानकारी दिए।

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले सबै वडाको समग्र विकासका लागि महानगरको आम्दानीको स्रोत वृद्धिका लागि राजस्व सङ्कलनको दायरा बढाइ रु एक अर्ब पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाइ, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायसित छलफल भइरहेको बताए।

उपप्रमुख कार्कीले महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्ने अवश्यकता औँल्याइन् । बैठकमा वडा नं ४ का वडाध्यक्ष जितन थापा, वडा नं ७ का वडाध्यक्ष जितेन्द्र अग्रवाल,वडा नं १ का सदस्य लक्ष्मीदेवी राई, वडा नं ५ का वडा सदस्य अन्जु दाहाल, वडा नं ११ का सदस्य बलराम कारञ्जित लगायतले सडकबत्ती, सरसफाइ, डुबान समस्या, जनप्रतिनिधिका सेवासुविधालगायतका विषयमा धारणा राखेका थिए।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : १४ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब