इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई « Khabarhub

इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली इंग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ ।

भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनायो । भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए ।

यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ५६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा