लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने, ‘बकर इदले नयाँ उमङ्ग र उत्साह दिन्छ’ « Khabarhub

लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने, ‘बकर इदले नयाँ उमङ्ग र उत्साह दिन्छ’


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने संविधानको सङ्कल्प रहेको तथा संविधानले विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवर्द्धनका लागि अधिकार प्रदान गरेको बताएका छन् ।

प्रदेश प्रमुख शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद अर्थात् ‘इद उल अज्हा’का अवसरमा आज दिएको शुभकामना सन्देशमा संविधानले विगतमा राज्य व्यवस्थाले गरेको वर्गीय, जातीय, लिङ्गीय, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गरी आर्थिक समानता र सामाजिक न्यायलाई स्थापित गर्दै सामानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने सङ्कल्प बोकेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको जनाउँदै मुस्लिम समुदायको यस पर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकापसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका छन्। मुस्लिम समुदायमा एकापसमा खुसीयाली साटासाट गरी मनाइने यो पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको समेत उनले उल्लेख गरेका छन् ।

प्रमुख शेरचनले बकर इद अर्थात् ‘इद उल अज्हा’ पर्वका अवसरमा सम्पूर्ण नेपालीहरूमा शान्ति, एकता, समृद्धि र सहिष्णुता कायम राख्दै स्वच्छ, सुखी, समुन्नत राष्ट्र निर्माणमा थप प्रेरित गर्ने आशा र विश्वासका साथ यो पर्वले राष्ट्रिय एकता कायम गर्ने छ भन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : २९ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै