सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिलोस् : मुख्यमन्त्री राई « Khabarhub

सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिलोस् : मुख्यमन्त्री राई


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद (इद–उल–अज्हा) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक हो भनेका छन् । परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एकअर्कामो अँगालोमा बाँधिएर शुभकामना आदान–प्रदान गरिने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

मुख्यमन्त्री राईले आपसी सद्भावको चाडका रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन् ।

उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ र सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो भनेका छन् ।

उनले सन्देशमा हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीहरूमा बकर इदका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : १२ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध