लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो « Khabarhub

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। 

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बिनी आएका कोषको सूचना शाखाले जनाएको छ । उक्त सङ्ख्या विगत वर्षभन्दा बढी हो । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।  

पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ । कोभिड–१९ को त्रासका कारण पर्यटक आगमनमा कमी आएको लुम्बिनीमा भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटक आउने क्रम समेत बढेको छ ।

प्रचारप्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एसोशियनका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । लुम्बिनी आउने पर्यकटका लागि सरकारले विशेष सुविधा र सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । लुम्बिनीमा  आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् । धार्मिक र आध्यात्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको पाइन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमाक्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीहरूलाई समेत उत्साह दिएको सिद्धार्थ होटल एशोसिएसनका  अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । लामो समय  कोभिड–१९ का कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकको आगमनले  रमाइलो बनाएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान भएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ३४ बजे

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ