मन्त्रीका छोराछोरी बजेटमा झल्किएको कर्णाली प्रदेशसभा सदस्यहरूकाे आरोप « Khabarhub

मन्त्रीका छोराछोरी बजेटमा झल्किएको कर्णाली प्रदेशसभा सदस्यहरूकाे आरोप


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हाबी भएको बताइन्।

हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले विधिमा सरकार चल्न मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा ऊर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाई बधाई दिइन् ।

अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परी पार्टीले गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : १६ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान