असारमा बाली लगाउँदै किसानमा चिन्ता | Khabarhub Khabarhub

असारमा बाली लगाउँदै किसानमा चिन्ता


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मलखाद तथा उन्नत बिउ बिजन अभावले यस वर्ष महाेत्तरीमा कृर् उत्पादन घट्ने किसानकाे भनाइ छ । समयमै बिउ बिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । `धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ ।´ बर्दिबास-३ का किसान सुजन पौडेलले भने ।

एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृर्षि पेशाबाटै बितृष्ण लागेकाे बताउँछन् । प्राङ्गरिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि  रासायनिक मलमा नै भर पर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ ।

कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेबाे बताउँछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही वर्ष उत्पादन बढे पनि त्यसपछि स्वतः ह्रास आउने विज्ञहरूको बुझाइ छ ।

किसानहरूले विज्ञसँग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विज्ञ माहादेवप्रसाद पौडेलले बताए ।

किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले विस्थापन नै गर्नुपर्ने सुझाव दिँदै वरिष्ठ कृषि विज्ञ ललनकुमार सिंहले उत्पादन बढाउन बिउ बिजन समेत उपयुक्त छनोट गर्नुपर्ने बताए ।

मौसमको अस्वाभाविक परिवर्तन हुँदा किराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसको कारण उत्पादनमा ह्रास आएको  छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ३६ बजे

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर– अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्गमा

कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि

काठमाडौं – मनसुन उत्तरार्धमा परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोका

भोटेकोशीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग सम्पर्क विच्छेद

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले सिन्धुपाल्चोकस्थित लार्चाको पुल बगाएको छ

मकवानपुरको सिस्नेरीमा ३० घर बगे, खानीखेतका २८ घर डुबानमा

मकवानपुर– अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका