क्रिस मार्भल सिनेम्याटिक युनिभर्समा नफर्किने  « Khabarhub

क्रिस मार्भल सिनेम्याटिक युनिभर्समा नफर्किने 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस इभान्स मार्भल सिनेम्याटिक युनिभर्सको एक सुपर हिरो हुन् । उनले क्याप्टेन अमेरिकाको रूपमा मार्भल सिनेम्याटिक युनिभर्समा आफ्नो अब्बल पहिचान स्थापित गरेका छन् । यद्यपि आउँदो दिनमा उनी क्याप्टेन अमेरिकाको रूपमा नदेखिने भएका छन् । क्याप्टेन अमेरिकाको भूमिकाका लागि फर्कन लागेको चर्चाबिच क्रिसले यस्तो घोषणा गरेका हुन् । क्रिसको यो घोषणाले फ्यान भने निराश भएका छन् ।

क्रिसले नै साम विल्सन नयाँ क्याप्टेन अमेरिका बन्ने पनि घोषणा गरेका छन् । क्रिसले केही समयअघि आफू क्याप्टेन अमेरिकाको भूमिकामा देखिन इच्छुक नरहेको बताएका थिए । यसका लागि उनले आफू एन्जाइटीको समस्यासँग जुधिरहेको र अभिनयबाट नै सन्यास लिन लागेको बताएका थिए ।

स्टिभ रोजर्सको नाममा क्रिसले सन् २०११ देखि अहिलेसम्म ७ वटा मार्भल युनिभर्सका फिल्ममा अभिनय गरेका छन् । ‘एभेन्जर एन्ड गेम’ उनले गरेको अन्तिम फिल्म थियो । त्यही फिल्ममा उनले आफ्नो रक्षा कवजसँगै पदवी समेत साम विल्सनलाई दिएका थिए । यसलाई मार्भलको वेब सिरिज ‘द फाल्कन एण्ड द विन्टर सोल्जर’ मा समेत जोडिएको थियो ।

त्यहाँ सामलाई नयाँ क्याप्टेन अमेरिकाको रूपमा सामलाई परिभाषित गरिएता पनि मार्भल फ्यान क्रिसलाई नै उक्त भूमिकामा देख्न चाहन्छन् । मार्भलले नयाँ फिल्म गर्न लागेको तयारीबिच क्याप्टेन मार्भलको घोषणा भएपछि उनको नाम सतहमा आएको हो । जसलाई उनले खारेज गर्दै आफू मार्भलको फिल्मको हिस्सा नै नबन्ने बताएका हुन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : १४ बजे

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल