क्रिस मार्भल सिनेम्याटिक युनिभर्समा नफर्किने  « Khabarhub

क्रिस मार्भल सिनेम्याटिक युनिभर्समा नफर्किने 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस इभान्स मार्भल सिनेम्याटिक युनिभर्सको एक सुपर हिरो हुन् । उनले क्याप्टेन अमेरिकाको रूपमा मार्भल सिनेम्याटिक युनिभर्समा आफ्नो अब्बल पहिचान स्थापित गरेका छन् । यद्यपि आउँदो दिनमा उनी क्याप्टेन अमेरिकाको रूपमा नदेखिने भएका छन् । क्याप्टेन अमेरिकाको भूमिकाका लागि फर्कन लागेको चर्चाबिच क्रिसले यस्तो घोषणा गरेका हुन् । क्रिसको यो घोषणाले फ्यान भने निराश भएका छन् ।

क्रिसले नै साम विल्सन नयाँ क्याप्टेन अमेरिका बन्ने पनि घोषणा गरेका छन् । क्रिसले केही समयअघि आफू क्याप्टेन अमेरिकाको भूमिकामा देखिन इच्छुक नरहेको बताएका थिए । यसका लागि उनले आफू एन्जाइटीको समस्यासँग जुधिरहेको र अभिनयबाट नै सन्यास लिन लागेको बताएका थिए ।

स्टिभ रोजर्सको नाममा क्रिसले सन् २०११ देखि अहिलेसम्म ७ वटा मार्भल युनिभर्सका फिल्ममा अभिनय गरेका छन् । ‘एभेन्जर एन्ड गेम’ उनले गरेको अन्तिम फिल्म थियो । त्यही फिल्ममा उनले आफ्नो रक्षा कवजसँगै पदवी समेत साम विल्सनलाई दिएका थिए । यसलाई मार्भलको वेब सिरिज ‘द फाल्कन एण्ड द विन्टर सोल्जर’ मा समेत जोडिएको थियो ।

त्यहाँ सामलाई नयाँ क्याप्टेन अमेरिकाको रूपमा सामलाई परिभाषित गरिएता पनि मार्भल फ्यान क्रिसलाई नै उक्त भूमिकामा देख्न चाहन्छन् । मार्भलले नयाँ फिल्म गर्न लागेको तयारीबिच क्याप्टेन मार्भलको घोषणा भएपछि उनको नाम सतहमा आएको हो । जसलाई उनले खारेज गर्दै आफू मार्भलको फिल्मको हिस्सा नै नबन्ने बताएका हुन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : १४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति