बेँसीशहर–चामे सडक खुल्यो « Khabarhub

बेँसीशहर–चामे सडक खुल्यो


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेँसीशहर–चामे सडक मर्मत कार्यका लागि एक हप्ताका लागि बन्द भनिए पनि आज साँझदेखि सवारी सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य गर्नका लागि एक हप्ताका लागि बिहीबार बिहान ८ बजेदेखि बन्द रहे पनि पुरानो बाटोबाट सडक सञ्चालन भएको हो ।

यो सडक करिब चार दिन भने पूर्णरूपमा बन्द रहेको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले भने, “सो स्थानमा मर्मत एवं ढलान कार्य जारी छ, तर आंशिकरूपमा सवारी सञ्चालनमा आएको छ ।” पुरानो बाटोबाट सवारी सञ्चालन गरेसँगै यतिबेला सवारी आवतजावत भइरहेको उनको भनाइ छ ।

स्याङ्गेमा सडक ढलान कार्य जारी रहे पनि सोही स्थान माथि पुरानो सडकबाट सवारी सञ्चालन हुँदा यात्रुहरु हर्षित भएका छन् । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार १५० मिटर सडक ढलान गर्नका लागि अघि बढेको छ । सङ्घीय सरकारको रु ६० लाख बजेटमा श्रीकृष्ण निर्माण सेवाले निर्माण गरिरहेको उनको भनाइ छ । ६५ किलोमिटर दूरी रहेको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : ४१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन