योग स्वस्थ रहने उत्तम उपाय रहेको पूर्वमन्त्री पोखरेलको भनाइ « Khabarhub

योग स्वस्थ रहने उत्तम उपाय रहेको पूर्वमन्त्री पोखरेलको भनाइ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानिसको जीवनलाई तनावमुक्त बनाउन  योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको  योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए ।

योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ र खुलासा रहनुपर्ने उनको तर्क छ ।

योगसँगै जोडिएको बैकल्पित आयुर्वेदिक चिकित्सा पद्धति वैकल्पिक नभएको जिकिर गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले यसलाई नै मुख्य उपचार पदतिकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

हरेक तनावबाट मुक्त बनी स्वस्थ जीवन जिउन योग नै महत्त्वपूर्ण रहेको बताउँदै नेता पोखरलले योगलाई स्वरोजगारमा  जोडन नेपालमा पहिलोपटक पाठ्यक्रम समेत लागू भएको बताए ।

नेता पोखरेलले योगमाया विश्वविद्यालयको लागी आफूले संसद‍्मा लविङ्ग गरिरहेको पनि बताए ।

उनले ठट्यौली पाराले नेताहरूलेसमेत योग गरेको भए नेकपा नफुट्ने दाबी गरे । योगले सकारात्मक विचारको सञ्चार गर्ने भएकाले नेपालका हरेक ठाउँमा योग अभ्यासको जरुरी भएको उनको ठहर छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन