अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु « Khabarhub

अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको हो ।

जडीबुटी खाँदा अर्का एक जना गम्भीर बिरामी भएका छन् । गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।

आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खादा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो । उपचरको क्रममा मृत्यु भएको मृतकका भाइ विनोद खत्रीले जानकारी दिए ।

गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : २३ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने