महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने « Khabarhub

महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएका छिन् ।

नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज (मंगलबार) दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाईटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।

दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने गोप्य रहेको बताइन् । ‘प्रतियोगिताको लागि सम्झौता भएको हो। आईलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ,’ दीपाले भनिन् ।

आज अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन् । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : ०४ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत