कोरियामा एकैदिन डेढ लाखभन्दा बढी जनामा कोरोना संक्रमण « Khabarhub

कोरियामा एकैदिन डेढ लाखभन्दा बढी जनामा कोरोना संक्रमण


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट संक्रमित भएका छन् । सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो । मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट संक्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ ।

यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार सय ९८ जना बिरामीको अभिलेखीकरण गरिएको मलेसियायाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन् ।

मंगलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै रोगलाई परास्त गर्ने मलेसियालीको संख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ । हाल मलेसियामा ४२ हजार सात सय १७ जना कोभिड–१९ का सक्रिय संक्रमित छन् ।

न्युजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड–१९ को महामारी सुरु भएयता न्युजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ ।

सन् २०२० को शुरुमा न्युजिल्याण्डमा महामारी फैलिएपछि १६ लाख ५७ हजार ७४३ जना कोरोनाबाट पीडित भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : ५४ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धनकुटाको भेडेटार : अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड (तस्बिरहरू)

काठमाडौं– पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये