पर्साबाट १४४ किलो गाँजा बरामद « Khabarhub

पर्साबाट १४४ किलो गाँजा बरामद


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरीले पर्साबाट १४४  किलो गाँजा बरामद गरेकाे छ । पर्साकाे वीरगञ्ज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट हिजो राति प्रहरीले करिब १ सय ४४  किलो गाँजा बरामद गरेको छ । 

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजाको १० वटा प्याकेट फेला  पारेको हो । गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हाे ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ  ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : २१ बजे

फ्लेप्स युगको छायामा दुई स्टार

एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी। सन् २००० देखि २०२१

भैंसीपालनमा अनुकरणीय बन्दै ‘नरनारायण’

रामपुर – कृषि व्यवसाय भनेपछि अझै पनि गाउँघरमा राम्रो दृष्टिले

इरान हिंसाः ९ जना युरोपेली नागरिक पक्राउ

तेहरान – इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक

महंगीको मारमा दसैं

काठमाडौं – हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं। मीठो

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

लमजुङ – लमजुङका पर्यटकीय गाउँमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न