भारतमा १६ हजार बढी कोरोना भाइरस सङ्क्रमित थपिए | Khabarhub Khabarhub

भारतमा १६ हजार बढी कोरोना भाइरस सङ्क्रमित थपिए


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १६ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २८ हजार दुई सय ६१ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय २६ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५७ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ८० लाखभन्दा बढीको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : २० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन