महिन्द्रा रेन्जका सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम « Khabarhub

महिन्द्रा रेन्जका सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कारपियो र बोलेरो रेन्जका सवारी साधनमा  ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग स्वरुप ल्याएको हो ।

बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न यस्तो योजना ल्याएको हो । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । कम्पनीले यो योजना आफ्ना ग्राहकलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्ने  उद्देश्यले ल्याएको हो । ‘हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच) का साथ हाम्रा ग्राहकहरूका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौ, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,’ कम्पनीले भनेको छ’, सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिन भित्र कर्जा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ब्रान्ड न्यु फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्ने जनाइएको छ । यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुने छ ।  यो योजना नेपालभर लागू हुने भएको छ ।

 त्यसैगरी अग्नीहायर पर्चेज प्रा.लि. अग्नि ग्रुपको सहायक कम्पनी हो यसको स्थापना सन् २०१४ मा भएको थियो । उक्त अग्नीहायर पर्चेज प्रा.लि. मा नेपाली बजारमा उपलब्ध सम्पूर्ण प्रकारका कृषि, औद्योगिक, व्यवसायीका वा व्यक्तिगत प्रयोजनका नयाँ तथा पुराना सवारी साधनहरू, मेसिनरी औजारहरू तथा उपकरणहरू खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजतपत्र प्राप्त गरिसकेको छ  ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ०३ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने