महिन्द्रा रेन्जका सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम | Khabarhub Khabarhub

महिन्द्रा रेन्जका सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कारपियो र बोलेरो रेन्जका सवारी साधनमा  ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग स्वरुप ल्याएको हो ।

बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न यस्तो योजना ल्याएको हो । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । कम्पनीले यो योजना आफ्ना ग्राहकलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्ने  उद्देश्यले ल्याएको हो । ‘हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच) का साथ हाम्रा ग्राहकहरूका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौ, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,’ कम्पनीले भनेको छ’, सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिन भित्र कर्जा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ब्रान्ड न्यु फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्ने जनाइएको छ । यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुने छ ।  यो योजना नेपालभर लागू हुने भएको छ ।

 त्यसैगरी अग्नीहायर पर्चेज प्रा.लि. अग्नि ग्रुपको सहायक कम्पनी हो यसको स्थापना सन् २०१४ मा भएको थियो । उक्त अग्नीहायर पर्चेज प्रा.लि. मा नेपाली बजारमा उपलब्ध सम्पूर्ण प्रकारका कृषि, औद्योगिक, व्यवसायीका वा व्यक्तिगत प्रयोजनका नयाँ तथा पुराना सवारी साधनहरू, मेसिनरी औजारहरू तथा उपकरणहरू खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजतपत्र प्राप्त गरिसकेको छ  ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ०३ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित