सानिमा बैंकले पायो आईएफसीबाट २ अर्ब ५४ करोड ऋण « Khabarhub

सानिमा बैंकले पायो आईएफसीबाट २ अर्ब ५४ करोड ऋण


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ। बैंकले बुधबार पत्रकार सम्मेलनमार्फत एमएसएमई सेक्टर का लागि लगानी गर्न आइएफसी बाट २ करोड अमेरिकी डलर विदेशी ऋण पाएको जनाएको हो। तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैकले आइएफसीसंग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो। 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पङ्क्तिमा आफूलाई उभ्याएको बैंकले जनाएको छ। आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले भने  ‘सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्‍याउने। आइएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहने छ’।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई सेक्टरमा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त गरे।  उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने छ । समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने बैंकले जनाएको ।

सानिमा बैंकको देशभर १२७ कार्यालय र १२० वटा सञ्जालहरु सञ्चालनमा रहेका छन्

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : २१ बजे

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा

उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद

ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर

काठमाडौं – गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर

यो वर्षका शीर्ष तीन हिट फिल्मभन्दा ‘पूर्णबहादुरको सारङ्गी’को व्यापार बढी

काठमाडौं – कुन फिल्मलाई हिट मान्ने ? यसको स्पष्ट जवाफ