हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा क्रेडिट र प्रिपेड कार्ड सञ्चालनमा « Khabarhub

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा क्रेडिट र प्रिपेड कार्ड सञ्चालनमा


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि दुईवटा नयाँ कार्डह सञ्चालनमा ल्याएको छ ।

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरू खरिद गर्ने खरिदकर्ताहरू तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरूका लक्षित गरि जारी गरिने छ । उक्त कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटह पाई आफ्नो खर्च व्यवस्थापन सहज बनाउन सक्ने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेससंग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरि दुई नयाँ कार्ड सञ्चालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गरेका छन् । उक्त कार्डले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकलाई सुविधा प्रदान गरि प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने जनाइएको छ । 

अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुई वटा नयाँ कार्डहरूको सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताए । यो कार्डहरूको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसँग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरूले पूर्णरुपमा विभिन्न लाभका अवसरहरू लिन सक्ने जनाइएको छ ।

उच्च शिक्षा अध्ययनको लागि पनि यही समयमा विद्यार्थीहरू विभिन्न मुलुकका विश्वविद्यालयमा जाने भएकोले पनि उनीहरूलाई विशेष फाइदा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना