चित्तलको मासुसहित सिकारी पक्राउ « Khabarhub

 चित्तलको मासुसहित सिकारी पक्राउ


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ परेका हुन् ।

पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि पक्राउ गरिएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य सात जना सिकारी पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल–२, टिका बारुद प्याकेट–१, खुँडा गोटा–१, खुकुरी गोटा–४ लगायत सामग्री बरामद गरिएको छ । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : २१ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय