सप्तरीको डाक्नेश्वरीमा आगलागीबाट ११ घर नष्ट « Khabarhub

सप्तरीको डाक्नेश्वरीमा आगलागीबाट ११ घर नष्ट


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिए ।
आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताए ।

आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आज आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : ४१ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई