यूएईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

यूएईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

खोटाङ – रोजगारीका सिलसिलामा यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ।

अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो।

सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन्। घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो।

एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्रममा ढकालको मृत्यु भएको थियो। छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ। ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए।

उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए। एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए। उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन्।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : ३६ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट