यूएईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु « Khabarhub

यूएईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

खोटाङ – रोजगारीका सिलसिलामा यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ।

अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो।

सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन्। घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो।

एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्रममा ढकालको मृत्यु भएको थियो। छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ। ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए।

उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए। एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए। उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन्।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : ३६ बजे

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द