कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो « Khabarhub

कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बारा – नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ। बीपी जयन्तीको अवसरमा नेविसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो ।

बीपी जयन्तिको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणी गुप्ता, युवा नेता हरिओम पटेल, सुनिल कुशवाहा, सुर्ज पटेल, रामबिहरि पटेल, महिला नेतृ कलावति पासवानलगायतको सहभागिता थियो।

कार्यक्रममा सहभागी सबै जिल्ला पार्टी सभापति राजेश यादव पक्षधर हुन। सभापतिकको विपक्षमा फरक गुटमा रहेका नेता कार्यकर्ता नेबिसंघले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथालय आश्रममा आयोजना गरेको कार्यक्रममा सहभागी बनेका थिए। सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजेश रौनियार, मैयाराम यादव, नेबिसंघ बाराका अध्यक्ष राकेश पाणडे, युवा नेता अरबिन्द पटेल र बिनयराज शर्मालगायको सहभागिता थियो।

उनीहरु सबै सभापती राजेश यादवविरुद्ध उपसभापति मनोज भट्टले नेतृत्व गरेको गुटमा आवद्ध छन्। कार्यक्रममा अनाथालयमा आश्रित २५ बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : ५३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका